कोरोना सङ्कट : अन्तर्राष्ट्रिय तेल बजारमा असर

 वैशाख ८, २०७७ सोमबार १०:३:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकामा सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारलको मूल्य १५ डलरले घटेको छ । यो पछिल्लो दुई दशकमा कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट हो । कोरोना सङ्कटको कारण विश्वभर तेलको मागमा कमी आउनु र उत्पादन कम गर्न गरिएको सम्झौतामा ढिलाइ हुनुलाई मुख्य कारक मानिएको छ । 

सोमबारको सुरुवाती कारोबारको दौरान अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लयूटीआई) मा १९ प्रतिशतभन्दा धेरै गिरावट देखिएको हो । कच्चा तेलको मूल्यमा उच्च गिरावटसँगै प्रति ब्यारलको मूल्य १४ दशमलव ७३ सम्म पुगेको थियो । तर केही बेरमा बजार स्थिर भयो र प्रति ब्यारलको मूल्य १५ दशमलव ७८ डलर पुग्यो । 

अन्तर्राष्ट्रिय ब्रेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्यमा ४ दशमलव १ प्रतिशतले गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल २६ दशमलव ९३ डलरसम्म गिरावट आएको थियो । पछि प्रति ब्यारल २८ दशमलव ११ डलर पुग्यो । 

पछिल्लो समय कोरोना सङ्कटलाई ध्यानमा राख्दै लकडाउन र यात्रामा लगाइएको प्रतिबन्धका कारण यसको असर विश्वभरको तेल बजारमा परेको छ । 

यसअघि निकै लामो समयसम्म तेल उत्पादक देशहरुको समूह (ओपेक) को प्रतिनिधि साउदी अरब र रुसमा तेल उत्पादन कम गर्ने विषयमा सम्झौता हुन सकेको थिएन । तर पछि रुस र साउदी अरबमा सम्झौता भएको थियो । यो सम्झौताका अनुसार ओपेक र ओपेक प्लस देश प्रतिदिन झण्डै एक करोड ब्यारल उत्पादन कम गर्न सहमत भएका थिए । 

सम्झौता बाबजुद तेल बजारको सङ्कट कम भएको छैन र लगातार तेलको मूल्य घटिरहेको छ । विशेषज्ञका अनुसार तेलको मागमा आएको कमीलाई उत्पादन कम गरेर नियन्त्रण गर्न सकिन्छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया