भारत : आजदेखि 'लकडाउन'मा केही छुट

 वैशाख ८, २०७७ सोमबार ११:३१:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – आजदेखि भारतमा लकडाउनको केही प्रतिबन्धमा छुट दिइएको छ । तर यो छुट सबै राज्यमा लागू हुनेछैन । केही राज्यले त कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई ध्यानमा राख्दै कुनै किसिमको छुट नदिने बताइसकेका छन् । 

आजदेखि खेती, फूल र कृषिसँग जोडिएका गतिविधि सुरु गर्न इजाजत दिइएको छ । साथै सबै स्वास्थ्य सेवा निरन्तर चलिरहेनेछ, यसमा आर्युवेदसँग जोडिएको सेवा पनि पर्छ । महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेण्टी अधिनियम (मनरेवा) सँग जोडिएका मनदुरहरुलाई काम गर्ने इजाजत दिइएको छ तर उनीहरुको शारीरिक दुरीलाई निकै सतर्क भएर पालना गर्नुपर्छ । 

खेतीसँग जोडिएका सामान, कल, पुर्जाको सप्लाई गर्न सकिनेछ । औषधि बनाउने कम्पनी र मेडिकल उपकरण बनाउने कारखाना खोल्न सकिनेछ । 
चिया, कफी र रबर प्लान्टेशनलाई ५० प्रतिशत कर्मचारीहरुको उपस्थितिमा काम गर्न सक्ने इजाजत दिइएको छ । तेल र ग्याससँग जोडिएका सबै गतिविधि यथावत रहनेछ । 

पोस्टल सर्भिस पनि यथावत रहनेछ, पोस्ट अफिस खुल्नेछ । गौशाला र जनावरहरुको शेल्टर होम खुलाउन सकिनेछ । आवश्यक सेवाहरुको आपूर्तिमा छुट दिइएको छ । 

निर्माण कार्यलाई अनुमति दिइनेछ । राजमार्गको होटल, ट्रक मर्मत गर्ने पसल र सरकारी कामसँग जोडिएका कल सेण्टर खुल्न सक्नेछन् । इलेक्ट्रिशियन, आईटी, प्लम्बर, मोटर मेकानिक, कार्पेन्टर र यस्तै किसिमका स्वरोजगार व्यक्तिका लागि काम गर्ने इजाजत दिइएको छ । 

तर यी सबै छुट कोरोनाको हटस्पट र प्रभावित क्षेत्रमा रहनेहरुका लागि पनि हुनेछैन । 

ग्रामीण इलाकामा चलिरहेको उद्योगधन्दा खोल्ने अनुमति छ तर शारीरिक दुरीलाई पालना गर्नुपर्छ । 

कुनै पनि राज्य सरकार या केन्द्रशासित प्रदेशलाई यो नियमको नजरअन्दाज गर्ने अनुमति दिइएको छैन । विभिन्न राज्य र केन्द्रशासित प्रदेशले चाहे भने स्थानीय आवश्यकताका अनुसार लकडाउनलाई अझ कडाइ गर्न सक्नेछन् । 

केन्द्र सरकार र राज्य सरकारको सबै कार्यालय खुल्नेछ । सार्वजनिक क्षेत्रमा मास्क (मुखावरण) लगाउन वा अनुहार ढाक्न अनिवार्य गरिएको छ । 
बैंक र एटीएम खुला रहनेछ । शेयर बजार पनि खुला रहनेछ । 

के–के बन्द रहनेछ ?

रेल, मेट्रो, सडक र हवाई यात्रा आउँदो मे ३ सम्म बन्द रहनेछ । शपिङ मल, सिनेमाघर, अडिटोरियम, खेल परिसर, स्विमिङ पुल, मनोरञ्जन पार्क, बार, जिम, रेस्टुरेण्ट सबै बन्द रहनेछन् । 

स्कुल, कलेज र सबै शिक्षण संस्थान पनि मे ३ सम्म बन्द रहनेछ । तर यी संस्थाहरुको शैक्षिक सेशनलाई भने व्यवस्थित गर्नुपर्नेछ । यसको लागि उनीहरुले अनलाइन कक्षाको सहारा लिन सक्छन् । यसका लागि दूरदर्शन र अन्य शैक्षिक च्यानलको सहयोग लिन सक्नेछन् । 

मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च र कुनै किसिमको धार्मिक स्थल पूर्णरुपमा बन्द रहनेछ । यसका लागि कुनै पनि धार्मिक आयोजनाको अनुमति हुने छैन । 
विवाह, सार्वजनिक कार्यक्रम, सामाजिक उत्सव, सांस्कृतिक कार्यक्रम, सेमिनार, राजनीतिक कार्यक्रम, कन्फ्रेस, खेला आयोजनामा प्रतिबन्ध रहनेछ । 

अन्तिम संस्कारमा २० जनाभन्दा धेरै उपस्थित हुन सक्ने छैनन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया