युराेपेली देश 'लकडाउन' खुकुलाे पार्दै

 वैशाख ८, २०७७ सोमबार १२:५८:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अधिकांश युराेपेली देशहरुले लकडाउनलाई खुकुलाे बनाउँदै लैजाने तयारी गरेका छन् । यद्यपि युराेप अहिले काेराेना भाइरस (काेभिड १९) महामारीबाट बच्न सङ्घर्ष गर्दैछ ।

साेमबार (आज) देखि जर्मनीले साना पसलहरु खाेल्न र परीक्षा नजिकिएकाेले स्कुल र कलेज सञ्चालन गर्न अनुमति दिएकाे छ । गएकाे हप्तामात्रै जर्मनीले सङ्क्रमणकाे दर घट्न थालेकाे र भाइरसकाे महामारी नियन्त्रणमा लिइएकाे बताएकाे थियाे । तर दाेस्राे चरणकाे सङ्क्रमण फैलन नदिन जर्मनीले सचेत गराएकाे छ । 

पाेल्याण्डले साेमबारदेखि पार्क र जङ्गल खुला गरेकाे छ भने नर्वेले साना बालबालिकाका लागि स्कुल खाेल्न अनुमति दिएकाे छ । चेक रिपब्लिकले व्यापारका लागि हवाई मार्ग सञ्चालनमा ल्याउँदा अल्बेनियाले पनि खानी र तेल उद्याेग सञ्चालन गर्न अनुमति दिएकाे छ । 

यद्यपि युराेपकाे सबैभन्दा कडा लकडाउन लगाइएकाे स्पेन र फ्रान्सले भने लकडाउनलाई केही हप्ता लम्ब्याउने भएका छन् । स्पेनमा आउँदाे हप्तादेखि बालबालिकालाई केही बेर बाहिर निस्कन अनुमति दिइने भएकाे छ । 

काेराेना भाइरसका कारण युराेपमा स्पेन, इटली, फ्रान्स र जर्मनी सबैभन्दा धेरै प्रभावित भएका छन् । स्पेनमा एक लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित हुँदा २० हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । इटलीमा एक लाख ७८ हजारभन्दा धेरै सङ्क्रमित हुँदा २३ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ, फ्रान्समा एक लाख ५२ हजारभन्दा धेरै सङ्क्रमित हुँदा १९ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । त्यस्तै जर्मनीमा एक लाख ४५ हजारभन्दा धेरै सङ्क्रमित हुँदा चार हजार ६ सयभन्दा धेरैकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया