वीरेन्द्रनगर : भोकै बस्नुपरेको छ भने १०१ मा फोन गर्नुहोस्

 वैशाख ८, २०७७ सोमबार १७:५३:३२ | रासस
unn.prixa.net

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले विपन्न परिवारलाई राहत वितरणको लागि हटलाइन सेवा १०१ को व्यवस्था गरेको छ ।

लकडाउनका कारण भोकभोकै बस्नुपर्ने विपन्न परिवार, मजदूर तथा विद्यार्थीलाई राहत वितरणको लागि उक्त नम्बरको व्यवस्था गरिएको हो ।कोरोना सङ्क्रमणको कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न वर्ग तथा मजदूरहरुको लागि हटलाइन नम्बरमा फोन गरेर आफ्नो समस्या राखेपछि नगरपालिकाले राहतको उपलब्ध गराउनेछ  । यस नम्बरमा फोन गर्दा शुल्क लाग्दैन ।

लकडाउनका कारण भोकै बस्न बाध्य विपन्न मजदूर तथा विद्यार्थीलाई मध्यनजर गरी उक्त हटलाइन नम्बरको व्यवस्था गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिनुभयो ।

‘‘हटलाइनमा फोन आएको २४ घण्टाभित्र उक्त परिवारको अवस्थाबारे बुझ्न नगरपालिकाले खटाएको अनुगमन टोली जान्छन्,’’ उहाँले भन्नुभयो, ‘‘राहत दिन मिल्ने नमिल्ने विषयमा उक्त टोलीले अनुगमन गरेपछि सो परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था छ ।’’ 

पहिलो चरणमा १५ हजार विपन्न परिवार तथा मजदूरलाई राहत वितरण गरिसकिएको नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँका अनुसार त्यसैगरी अलपत्र परेका नागरिकहरुलाई खानाको व्यवस्था गरी गन्तव्य स्थानसम्म पुर्याउने काम भएको छ ।  

नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण फैलन नदिन औषधि छर्ने काम पनि गरिएको ढकालले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया