आन्तरिक उडान खुलाउने गृहकार्यमा सरकार

 बैशाख ८, २०७७ सोमबार १९:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ । 

वैशाख १८ गतेसम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरु कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी देशहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताउनुभयो ।

भारतसँग खुला सिमानाका जोडिएकाले सङ्क्रमणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुरु कहिले गर्ने भन्ने विषय निर्णय गर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘वैशाख १८ गतेपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ । संक्रमितको संख्या, छिमेकी देशको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने/नखोल्ने निर्णय गर्छौँ । हतारिएका छैनौँ । मुख्य कुरा कोरोना भाइरस नियन्त्रण गर्ने हो ।’

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले गएको चैत २५ गते दोस्रो पटक १५ दिनको समय थप्दै वैशाख १८ गतेम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित गर्ने निर्णय गरेको थियो । अहिले आन्तरिक उडान पनि त्यही समयसम्मका लागि बन्द गरिएका छन् । 

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • K.Kshetri

    April 20, 2020, 8:09 p.m.

    अरुले र छिमेकिले के गर्छन भनेर होईन हामिलाई कुन तरिकाले सहज र सुरक्षित हुन्छ त्यो तरिकाको अध्ध्यन गर्नुपर्छ । आर्थिक गतिविधी थोरै भए पनि सुचारु हुन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया