फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
खोटाङ - कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले खोटाङ जिल्ला आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको नवौं बैठकले खोटाङ जिल्ला भएर हुने आवतजावतलाई पूर्णरुपमा रोक्ने निर्णय भएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले जानकारी दिनुभयो ।
मंगलबार बिहान लगातार चार घण्टाभन्दा बढी समयसम्म बसेको बैठकले गहन छलफल गरेर कम्ती एक हप्ताको लागि छिमेकी जिल्लामा आवतजावत पू गर्ने निर्णय भएको चाम्लिङले बताउनुभयो ।
पछिल्लो समय बाहिरी जिल्लाबाट हिँडेर खोटाङ प्रवेश गर्ने क्रम बढेपछि सबै पालिकाका प्रमुखहरुसहित प्रमुख जिल्ला अधिकारी र समन्वय समितिका प्रमुख समेतको उपस्थितिमा जिल्लामा हुने आवत जावतलाई रोक्ने निर्णय भएको हो ।
खोटाङमा जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला स्थीत समिति गठन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।