फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - साझा पार्टीले सरकारले सोमबार जारी गरेका दुई अध्यादेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी आकाङ्क्षा प्रकट भएको टिप्पणी गरेको छ ।
पार्टीका अध्यक्ष रविन्द्र मिश्रले विज्ञप्ति निकालेर दुबै अध्यादेश तत्काल फिर्ता लिन माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीद्वारा आफ्नै पार्टीका अर्का अध्यक्ष र शीर्ष नेतृत्वसँग समेत छलफल नगरी अध्यादेशहरु छापामार शैलीमा मन्त्रीपरिषद्को बैठकमा पेश गरिएको साझाको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै देश कोरोना भाइरस सङ्क्रमणको कारण कठिन र अनिश्चित परिस्थितिबाट गुज्रिरहेको बेला मानवीय विवेक र राजकीय जिम्मेवारीको बोध भएको नेताले गर्नै नसक्ने काम प्रधानमन्त्रीबाट भएको आरोप पनि लगाइएको छ ।
बलियो जनमत रहेको संसद्बाट नभइ पार्टी फुट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौँ पुरानो लोकतान्त्रिक सङ्घर्षकै उपहास तथा लोकतान्त्रिक पद्दतिको आत्मा मानिने शक्ति पृथकीकरणको मान्यतामाथिको नाङ्गो आक्रमण भएको पनि साझा पार्टीले आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना विपद्को बेला समेत चरम भ्रष्टाचार हुँदा र सरकारले गरिरहेको नेतृत्व बढ्दो रूपमा विफल देखिँदै जाँदा पनि राजनीतिक स्थिरतामा आँच पुर्याउन हुँदैन भनेर प्रधानमन्त्रीलाई निरन्तर साथ दिइरहेका नागरिकको घोर अपमान हो ।’
सिङ्गो नेपाली राजनीतिक वृत्तमाथि नै आम जनमानसमा चरम अविश्वास बढ्दै गएको बेला सरकारले ल्याएका अध्यादेशले नेपालको लोकतन्त्रलाई सङ्कटतर्फ उन्मुख गर्न सक्नेतर्फ पनि साझा पार्टीले ध्यानाकर्षण गराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।