नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्ष (आव) को आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकको विवरण अनुसार गएको आवको तुलनामा चालु आवको आठ महिनाको तुलनामा कर्जाको भारित औसत ब्याजदर घटेको पाइएको हो । बैंकका अनुसार २०७५ को फागुनमा ९ दशमलव ६५ प्रतिशत औसत आधार दर रहेकाेमा गएको फागुनमा ९ दशमलव ४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै ० दशमलव ११ प्रतिशतले कमी आएको छ ।
गएको फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ८० प्रतिशत रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको यही महिनामा निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३३ प्रतिशत रहेका थिए ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपछि गत फागुन मसान्तसम्म कुल एक सय ८७ बैंक तथा वित्तीय संस्था मर्जरर प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।
उत्पादनशील उद्योग तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा गत फागुन मसान्तमा १८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस्तै साधारण पुनरकर्जा १५ अर्ब ८३ करोड रुपैयाँ र निर्यात पुनर्कर्जा एक अर्ब एक करोड रुपैयाँ उपयोग भएको छ ।
भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता गत फागुन मसान्तमा एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । यस्तो कर्जा कुल एक हजार ५९२ ऋणीले उपयोग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।