जडीबुटी र आयुर्वेदिक औषधिले कोरोना निको हुने हल्लाको पछि नलाग्न आग्रह

 बैशाख ९, २०७७ मंगलबार १८:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जडीबुटी र आयुर्वेदिक औषधिले कोरोना निको हुने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ ।

केही व्यक्तिले जडीबुटी र आयुर्वेदिक औषधिले कोरोना भाइरसको सङ्क्रमण पूर्णरुपमा निको पार्ने हल्ला चलाएकाले त्यसको पछि नलाग्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यायले बताउनुभयो । 

उहाँले केही जडीबुटी र आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भए पनि कोरोना निको नपार्ने भएकाले हल्लाको पछि नलाग्न सुझाव दिनुभयो । 

उहाँले जडीबुटीको प्रयोगले शरीरलाई फाइदा पुर्याउने भएकाले उपयोय गर्न भने सकिने बताउनुभयो । तर कोभिड-१९ तुरुन्तै ठिक पार्छ भन्ने भ्रममा नबस्न उहाँको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया