पालिकाले गाडीको व्यवस्था गरेपछि जडीबुटीमा घर जानेको भिड

 वैशाख ९, २०७७ मंगलबार २१:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पालिकाहरुले काठमाण्डौमा अलपत्र परेका मानिसहरुलाई लैजाने व्यवस्था मिलाउन थालेपछि जडीबुटीमा घर जानेको भिड लाग्न थालेको छ । 

लकडाउन लम्बिँद गएपछि काठमाण्डौमा समस्यामा परेका मानिसहरु हिँडेरै घर जाँदा जोखिम निम्तिने भएपछि अधिकांश पालिकाले आफै गाडीको व्यवस्था गरी उनीहरुलाई लैजान थालेका हुन् । 

मानिसहरु आफ्नो ठाउँमा जानका लागि गाडीको प्रतिक्षा गरिरहेका देखिन्छन् । लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिँडेरै घर जानेहरुको सङ्ख्या बढ्दै गएको थियो । यस्तै समस्यामा परेका मानिसहरुलाई पहुँचको आधारमा मात्र लैजान थालिएको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घले त्यसो नगर्न आग्रह गरेको थियो । 

सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहीँ बस्नुपर्ने र खाद्य सामग्रीको अभाव भए सरकार र पालिकाले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ ।तर राहत थोरै हुने र यसले जीविकोपार्जनका लागि नपुग्ने भएपछि मानिसहरु हिँडेरै घरतिर जान थालेका थिए । 

पालिका र जनप्रतिनिधिहरुले न्यूनतम स्वास्थ्य प्रोटोकलको पालना गर्दै सुरक्षित साथ गन्तव्यमा पुर्‍याउने कामलाई व्यवस्थित बनाउन लागेको देखिन्छ ।  

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया