अमेरिकाले ६० दिनका लागि 'ग्रीन कार्ड'सम्बन्धी गतिविधि राेक्ने

 वैशाख १०, २०७७ बुधबार ७:१०:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड’सम्बन्धी गतिविधि ६० दिनसम्म रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर आप्रवासनसम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका हुन् । 

कोरोना भाइरस (कोभिड १९) का कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पको भनाइ छ । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागू हुने छैन ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि आफ्नो प्रशासनले गरेको कमजोर प्रयासबाट ध्यान अन्यत्र भड्काउनका लागि ट्रम्पले यस्तो निर्णय लिएको आलोचकको भनाइ छ । 

आप्रवासनसम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई महिना अर्थात् ६० दिनका लागि रहेको ट्रम्पले स्पष्ट पारेका छन् । 

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ४५ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै भाइरसबा६ सङ्क्रमित हुनेको सङ्ख्या आठ लाख १७ हजार नाघेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया