फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – रामेछापमा मिनिबस दुर्घटना हुँदा घाइते भएकामध्ये एक महिलालाई थप उपचारको लागि काठमाण्डाैकाे ट्रमा सेन्टर ल्याइने भएको छ ।
दोलखा जिल्लाकाे तामाकोशी गाउँपालिका वडा नम्बर ३ जामुनेकी ४६ वर्षीया इन्दिरा पोख्रेलको हात भाँचिएकाले काठमाण्डाै रेफर गरिएको तामाकोशी अस्पताल मन्थलीले जनाएको छ ।
यस्तै दोलखाकाे तामाकोशी गाउँपालिका वडा नम्बर ४ की सिर्जना योग र रामेछापकाे मन्थली ४ की गीता खड्काको तामाकोशी अस्पताल मै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो । अन्य घाइते भने डिस्चार्ज भइसकेका छन् ।
बुधबार बिहान ४ बजे काठमाण्डाैबाट ३९ जना मजदुर लिएर दोलखाकाे लागि छुटेको बा २ ख ६८१८ नम्बरको मिनिबस ब्रेक फेल भएर मन्थली नगरपालिका ६ कुनौरीमा दुर्घटना भएको हो । प्रहरीले मिनिबसका चालकलाई नियन्त्रणमा लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।