फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – आजभाेलि झ्याप्प झ्याप्प बिजुली जान थालेकाे छ । यसले गर्दा आमनागरिकको दैनिकीमा नकारात्मक असर परिरहेको छ । लकडाउनमा घरमै बसेर काम गर्नेहरु र अत्यावश्यक सेवा दिनेहरु पनि पटक–पटक बिजुली जाँदा हैरान भएका छन्, काम प्रभावित भएको छ ।
केहिले त बिजुली कम भएको भएर लोडसेडिङको तालिका नै प्रकाशन गर्न माग गरेका छन् । तर नेपाल विद्युत प्राधिकरणले भने बिजुली नपुगेर बत्ती नगएको तर निकै खराब मौसमका कारण बत्ती गएको जनाएको छ ।
प्राधिकरणले प्रसारण लाइनको एउटा बाटोमा खराबी आउँदा त्यसले धेरै क्षेत्रमा असर गर्ने भएकाले समस्या भइरहेको जनाएको छ । पुरानो संरचनाका कारण पनि बिजुली जाने भइरहेको र त्यस्ता पुराना संरचनाको काम पनि भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बिजुली नपुगेर काट्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भन्नुभएको छ, ‘विद्युतको परिमाण त हामीसँग यथेष्ट छ बरु प्रतिकूल मैसमले ग्राहकको लोड विच्छेद हुँदा विद्युत गृहले पानी नै खेर फाल्नु परिरहेको छ । आखिर पानी त बिजुली नै हो नि ।’
उहाँले लकडाउनको समयमा सकभर कतै पनि बिजुली कटौती नहोस् भनेर कर्मचारीहरु फिल्डमै रहेको पनि जानकारी दिनुभयो ।
‘मौसमका कारण यी महिनाहरुमा विद्युत प्रणालीमा गडबड भइ सेवा प्रभावित भइरहेको कुरालाई हामी स्वीकार्छाैँ । कोरोना भाइरसको कारण आदेश गरिएकाे लकडाउनमा समेत हाम्रा प्राविधिक टोलीहरु फिल्डमा खटिरहनुभएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सकेसम्म चाँडो मर्मत सम्भार गरी सेवा सुरु गर्न प्राधिकरण हरसम्भव किसिमले प्रयत्नशील रहेको जानकारी हजुरहरुसमक्ष पुर्याउन पनि यो स्ट्याटस लेख्नुपरेको ब्यहोरा निवेदन गर्दछु’, प्रवक्ता अधिकारीले फेसबुक पेजमा लेख्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।