श्रीलंकाले विद्यार्थी फिर्ता लैजाँदै,  शुक्रबार जहाज आउने

 वैशाख १०, २०७७ बुधबार १६:२५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सार्क क्षेत्रमा कोरोना भाइरसको महामारी बढ्न थालेसँगै श्रीलंकाले आफ्ना विद्यार्थी फिर्ता लैजाने भएको छ । 

चीनको वुहान सहरबाट आफ्ना विद्यार्थी स्वदेश फिर्ता गरेको श्रीलंककाले कोरोनाको महामारी फैलिएका अरु देशबाट पनि विद्यार्थी फिर्ता लैजान लागेको हो । यसअघि श्रीलंकाको राष्ट्रिय ध्वजावहाज श्रीलंकन एअरलाइन्सले मंगलबार पाकिस्तानको लाहोर र कराँचीबाट १ सय १३ जना विद्यार्थीलाई स्वदेश लगेको छ । 

बिहीबार भारतको अमृतसरबाट १ सय १ जना श्रीलंकन विद्यार्थी आफ्ने देश फर्कनेछन । २४ अप्रिल अर्थात शुक्रबार भारतको र कोयम्बटुर सहरबाट १ सय १७ जना र नेपालबाट ९३ जना श्रीलंकन विद्यार्थी स्वदेश लैजाने श्रीलंकाले जनाएको छ ।

 यसको लागि श्रीलंकन एअरले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गर्नुपर्ने काम भैरहेको जनाएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया