कोरोना भाइरस : सात लाखभन्दा धेरै उपचारपछि निकाे भए

 बैशाख ११, २०७७ बिहिबार ६:४६:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित भएकामध्ये सात लाखभन्दा धेरै निको भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमितको सङ्ख्या २६ लाख ३३ हजार नाघेकाे छ । जसमध्ये सात लाख १७ हजार दुई सय ८४ जना उपचारपछि निको भएका छन् ।

१७ लाख ३१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५६ हजार ६ सय ८० जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । सङ्क्रमणबाट अहिलेसम्म एक लाख ८३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा साढे ४७ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा आठ लाख ४६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा अमेरिकामा २३ सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै इटलीमा २५ हजारभन्दा धेरै, स्पेनमा साढे २१ हजारभन्दा धेरै, फ्रान्समा २१ हजारभन्दा धेरै र बेलायतमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेकोे छ । सङ्क्रमणबाट ६ सय ८१ जनाको ज्यान गएको र चार हजार तीन सय ७० जना निको भएका छन् ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया