सातौँ सामाजिक सुरक्षा दिवस : दीगो पेन्सन र गुणस्तरीय स्वास्थ्य ...
मंसिर ११, २०८१ मंगलबार
मकवानपुर - नेपाली कांग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ ।
वाग्मती प्रदेश सभामा पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लकडाउनमा जनता हिँडेर जान बाध्य भएको र राजनीतिक विचार र आस्थाका आधारमा सरकारले राहत वितरण गरेको बताउनुभयो ।
उहाँले दिनहुँ गरिब, विपन्न तथा मजदूर वर्ग पैदल हिँडेर हेटौँडाबाट आफ्नो घर जाने गरेको र सवारीसाधनको व्यवस्था नभएको तथा सरकारले कुनै सहयोग नगरेको जनाउनुभयो ।
उहाँले सरकारले स्वास्थ्य सुरक्षाप्रति खासै ध्यान नदिएको र आरडीटी सम्बन्धित ठाउँमा पठाउन नसकेको भन्दै कोरोनाको जोखिम हुन नदिन तथा जनतालाई राहत दिने विषयमा सबै दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
वर्षातको मौसम सुरु भएकाले त्यसबाट हुने क्षति तथा रोगहरुसमेत बढ्ने भएकाले त्यसतर्फ पनि सरकार गम्भीर हुन नेता बानियाँले आग्रह गर्नुभयो । अहिले हेटौडा राजधानीमा राहत लिन वडा कार्यालयमा गरिब विपन्न तथा मजदूर दैनिक जाने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।