स्कटल्याण्डमा काेराेना सङ्क्रमित ३ हप्ताकी शिशु निकाे भइन्

 बैशाख १२, २०७७ शुक्रबार ६:४५:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – स्कटल्याण्डमा कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण भएकी तीन हप्ताकी शिशु निको भएकी छिन् ।

गएको चैत १३ गते आठ महिनामै जन्मिएकी शिशु कोरोना सङ्क्रमण हुने स्कटल्याण्डको सबैभन्दा कान्छी सङ्क्रमित भएकी बीबीसीले जनाएको छ । उनी कोरोना जितेर घर फर्किएपछि परिवारका सदस्यले उपचारमा संलग्न डाक्टर तथा नर्सलाई धन्यवाद दिएका छन् ।

डाक्टरहरुले काेराेना भाइरस परीक्षणकाे लागि आफ्नी तीन महिनाकी शिशुकाे नाकमा स्वाब राखेकाे घटनालाई स्कटल्याण्डकी ट्रेसी मेग्वायर अझै सम्झिन्छिन् । याे दृश्य देख्नु आफ्नाे लागि नकै कष्टपूर्ण रहेकाे उनले बताइन् । 

'मैले पहिलाे पटक आफ्नाे बच्चाकाे आँखामा आँसु देखेँ । मैले उसलाई समाएकाे थिएँ । त्याे अवस्थामा हामी एक अर्कालाई साथ दिइरहेका थियाैँ', उनले भनिन् ।

समयभन्दा अघि नै जन्मिएकी ती शिशुकाे ताैल मात्र डेढ किलाे थियाे । उनी जन्मेकाे तीन हप्तामै काेराेना सङ्क्रमित भएकी थिइन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया