अमेरिकी संसद्वारा ४८४ अर्ब डलरकाे राहत प्याकेज अनुमाेदन

 बैशाख १२, २०७७ शुक्रबार ७:५८:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी तल्लाे सदन हाउस अफ् रेप्रिजेन्टेटिभले चार सय ८४ अर्ब अमेरिकी डलरकाे राहत प्याकेजसम्बन्धी विधेयक अनुमाेदन गरेकाे छ ।

यो राहत प्याकेजकाे प्याकेजकाे साना व्यवसायीलाई ऋण दिनु र अस्पताल तथा काेराेना भाइरस (काेभिड १९) विरुद्धकाे लडाइँका लागि आर्थिक सहयाेग उपलब्ध गराउनु हाे । राष्ट्रपति डाेनाल्ड ट्रम्पले पनि यससम्बन्धी कानुनमा चाँडै हस्ताक्षर गर्ने बताएका छन् । 

याे विधेयककाे पक्षमा तीन सय ८८ मत खसेकाे थियाे भने विपक्षमा मात्र पाँच मत खसेकाे थियाे । याे राहत प्याकेज अनुमाेदनसँगै अमेरिकी सरकारले काेराेनाविरुद्धकाे लडाइँमा खर्च गर्ने रकम झण्डै ३० खर्ब अमेरिकी डलर पुगेकाे बताइएकाे छ । 

अमेरिकामा गएकाे मार्चदेखि बेराेजगार भएकाे दाबी गर्दै आवेदन दिनेहरुकाे सङ्ख्या दुई कराेड ६० लाख नाघेकाे छ । गएकाे एक हप्तामा थप ४४ लाख जनाले बेराेजगार भएकाे दाबी गर्दै आवेदन दिएका हुन् । 

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरसका कारण अहिले अमेरिका सबैभन्दा बढी प्रभावित बनेकाे छ । भाइरसबाट अमेरिकामा आठ लाख ४५ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ४६ हजार आठ सयभन्दा धेरैकाे ज्यान गइसकेकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया