शुक्रबार थप एक जनालाई कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४९ पुगे

 बैशाख १२, २०७७ शुक्रबार २०:२४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ ।

आज भेटिएका बिरामीको आइसोलेशनमा उपचार भइरहेको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया