कोरोना सङ्क्रमित बाग्लुङकी युवती पनि उपचारपछि निको : निको भएर फर्कनेको सङ्ख्या ११ पुग्यो

 वैशाख १३, २०७७ शनिबार ६:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती उपचारपछि निको हुनुभएको छ ।

उहाँ शुक्रबार धवलागिरी अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँ बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आउनु भएको थियो । एउटै जहाजबाट आएकी काठमाण्डौकी १९ वर्षीया किशोरीलाई सङ्क्रमण देखिएपछि उहाँको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँसँगै आउनुभएकी काठमाण्डौकी किशोरी यसअघि नै निको भएर घर फर्किसक्नुभएको छ । शुक्रबार डिस्चार्ज भएकी बाग्लुङकी किशोरीले पनि आत्मबलकै कारण आफूले कोरोनालाई जितेको भन्दै गाउँमा गएर सचेतना फैलाउने बताउनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या ११ पुगेको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया