एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ - आज शनिबार पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका हुन् ।
यसकै प्रभावले अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभरी कै मौसम सामान्य बदली भई पश्चिमका केही तथा मध्य र पूर्वका थेरै ठाउँमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ । यस्तै आज राती पनि केहि ठाउँमा पानी पर्ने सम्भावना छ । यसैगरी आइतबार र सोमबार पनि देशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने महाशाखाले पुर्वानुमान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।