काठमाण्डौमा बस्दै आएका तेह्रथुमवासीलाई तेह्रथुम सरोकार समाजद्वारा राहत वितरण सुरु

 वैशाख १३, २०७७ शनिबार ९:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा बस्दै आएका र लकडाउनका कारण समस्यामा परेका तेह्रथुमवासीलाई तेह्रथुम सरोकार समाजले राहत वितरण सुरु गरेको छ ।

पहिलो चरणमा दुई सय ७१ जनाको नामावली संकलन भएको र शुक्रबारबाट उनीहरुलाई राहत वितरण गर्न सुरु गरिएको समाजका अध्यक्ष मोहनकुमार डाँगीले जानकारी दिनुभयो ।

एक परिवारलाई २५ किलो चामल, ३ किलो दाल, १ लिटर तेल, एक किलो नुन, एक किलो चिनी, चिउरा १ किलो र एउटा साबुन गरी २५ सय रुपैयाँ बराबरको राहत वितरण गरिरहेको समाजका महासचिव केशवकुमार भट्टराईले जानकारी दिनुभयो । 

शुक्रबार कपन, शंखपार्क, बुढानिलकण्ठ, बसुन्धरा, टोखा र गोगंबु क्षेत्रमा बस्ने मजदुरी गरेर खाने, विपन्न परिवार र विद्यार्थी गरी ६९ परिवारलाई राहत वितरण गरिएको र बाँकी ठाउँमा राहत वितरणको कामलाई जारी राखिने समाजले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया