त्रिभुवन विमानस्थलको पुरानो प्रस्थान कक्ष भत्काइँदै, जहाज पार्किङको समस्या कम हुने

 वैशाख १३, २०७७ शनिबार ११:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो प्रस्थान कक्ष भत्काउन सुरु भएको छ ।

नयाँ प्रस्थान कक्ष निर्माण भएर सञ्चालनमा आइसकेकाले पुरानो भत्काउन थालिएको हो । पुरानो प्रस्थान कक्षले विमानस्थलको पार्किङ क्षेत्रमा ठाउँ ओगटेकाले पार्किङमा समस्या थियो । यो भत्काएपछि पार्किङको लागि ठाउँ बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । 

‘विमानस्थलका अरु संरचनाभन्दा पहिलेको प्रस्थान कक्ष पार्किङ क्षेत्रतर्फ भएकाले समस्या भएको थियो, अब सबै संरचना सिधा लाइनमा छन्, त्यसैले ठाउँ फराकिलो हुनेछ’, अधिकारीले भन्नुभयो ।

नयाँ प्रस्थान कक्ष

अहिले विमानस्थलमा ३ सय मिटर लामो रन वे विस्तार र  एअरबस ३३० स्तरका दुईवटा जहाज पार्किङ गर्न मिल्ने पार्किङ निर्माणको काम भैरहेको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा रिमोट पार्किङ वे सहित ११ वटा जहाज मात्रै पार्किङ गर्न मिल्ने क्षमता छ ।

पार्किङ कम हुँदा दैनिक दर्जनौं विमानले आकासमै होल्ड गर्नुपर्ने बाध्यता छ । 

तस्बिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको ट्वीटबाट

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया