पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - विश्व नै कोभिड–१९ सँग लडिरहेका बेला औलो प्रभावित देशमा थोरैमात्र कोभिड-१९ का बिरामी भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
आज विश्व अप्रिल २५ तारिख अर्थात् विश्व औलो दिवसक अवसरमा विश्व स्वास्थ्य संगठनले यस्तो जानकारी दिएको हो ।
संगठनले औलो रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेका स्वास्थ्यकर्मी र समुदायलाई कोभिड-१९ बाट जोगाउन दिगो प्रयासमा प्राथमिकता दिदै औलो विरुद्धका कार्यक्रम नरोक्न स्वास्थ्यकर्र्मी र समुदायसँग अपील गरेको छ । संगठनले सन २००८ देखि अप्रिल २५ मा विश्व औंलो दिवस मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो ।
यसपटकको नारा ‘शून्य औलो मैबाट सुरु हुन्छ’ तय गरिएको छ । सन २०१८ को तथ्याङक अनुसार विश्वका ८९ देशमा औलोका बिरामी भेटिएपनि नाइजेरिया, कंगो, युगान्डा, मोजाम्बिक र नाइजरमा औलोका धेरै बिरामी छन ।
यो रोग सङ्क्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका अैलोको उच्च जोखिममा रहने गरेका छन् । वर्षायामसँगै सुरु हुने औलोको जोखिम असार मध्येदेखि मंसिरसम्म उच्च हुने डाक्टरको भनाइ छ ।
धेरै टाउको दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, हात–खुट्टा, जोर्नी दुख्नु, थकान तथा कमजोरी महसुस हुनु, शरीरमा रगतको कमी हुनु, कम्पन हुनु, ज्वरो आउनु र ज्वरो घटेपछि थाकेको महसुस हुनु औलोका लक्षण हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।