बङ्गलादेशकाे सबैभन्दा नाफामुखी व्यवसाय काेराेनाकाे कारण सङ्कटमा

 वैशाख १३, २०७७ शनिबार १६:२०:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण बङ्गलादेशको चर्चित कपडा उद्योगमाथि सङ्कटको बादल छाएको छ । कपडा उद्योगमा काम गर्ने ४० लाखभन्दा धेरै मजदुरको रोजगारी गुम्न सक्ने आशङ्का गरिएको छ । 

सबीना अख्तर, बङ्गलादेशको राजधानी ढाकाभन्दा बाहिर कपडा उद्योगमा काम गछ्र्रिन् । उनले काम गर्ने उद्योगमा युरोपेली देशहरुको बजारका लागि कमिज बनाइन्थ्यो । सबीनाले काम गर्ने कपडा उद्योगमा आठ सय जनाले काम गर्छन् । 

केही दिनअघि मात्र सबीनाले काम गर्ने कम्पनीका मालिकले अब कारखाना चलाउन नसक्ने घोषणा गरे किनकि युरोपका सबै खरिदकर्ताले कोरोना भाइरसको प्रकोप चलिरहँदा सबै अर्डर रद्द गरेका छन् । 

सबीना भन्छिन्, ‘अब आउँदा दिनमा के गर्ने भनेर मलाई थाहा छैन । मेरो रोजगारी गुम्यो । अब खानका लागि के गर्ने भन्ने पनि थाहा छैन ।’

कपडा उद्योग बङ्गलादेशी अर्थव्यवस्थाको मेरुदण्ड हो । बङ्गलादेशको कपडा उद्योगमा झण्डै ४० लाख जनाले रोजगारी पाएका छन् । यीमध्ये धेरैजसो महिला छन् । 

अनीसा बेगमलाई पनि जागिरबाट निकालिएको छ । उनी अहिले परिवारको सदस्यसँगै घरमै रहेकी छिन्, जुन ठाउँ राजधानी ढाकाको बाहिरी इलाकामा पर्छ । 

सबीना भन्छिन्, ‘म र मेरो श्रीमान त एक छाक खाएर पनि गुजारा गर्न सक्छौँ तर बच्चाहरुको एक छाकले पेट भरिँदैन । यदि सरकार हाम्रो सहयोग गर्न अघि सरेन भने दुई छाक छार्न पनि मुस्किल छ । ’

खालिदा परवीनले काम गर्ने कपडा कारखानाका मालिकले पनि बिना कुनै चेतावनी सबै कामदारलाई जागिरबाट निकालिदिए । 

‘हाम्रो कपडा उद्योग गएको अप्रिल ५ मा दोस्रो पटक खुल्नुपर्ने थियो । जब म गाउँबाट फर्किएर काममा जाँदा उद्योग बाहिर एक सूचनामा सबै कामदारलाई जागिरबाट निकालिएको लेखिएको थियो’, खालिदा भन्छिन् । 

खालिदाले काम गर्ने उद्योगमा झण्डै एक हजार जनाले काम गर्थे । 

बङ्गलादेश दोस्रो देशमा सामान निर्यात गरेर रकम भित्र्याउँछ, जसको ठूलो हिस्सा सिलाइएको कपडाले ओगट्छ । बङ्गलादेशबाट प्रत्येक वर्ष झण्डै ३२ अर्ब डलर बराबरको कपडा निर्यात हुन्छ । जुन कुल निर्यातको ८३ प्रतिशत हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया