रातो मच्छिन्द्रनाथको रथारोहण गरियो

 वैशाख १३, २०७७ शनिबार १४:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । शुक्रबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । 

लकडाउनका कारण पूरै रथ नबनाए पनि देवतालाई राख्न मिल्ने गरी खट बनाएर रथारोहण गरिएको छ । धुमधामसँग र विधिपूर्वक मच्छिन्द्रनाथको रथारोहण पुल्चोकमा बनाइएको रथमा गराइने चलन भए पनि यो वर्ष लकडाउनका कारण परम्परालाई निरन्तरता दिन मच्छिन्द्रनाथ राखिएकै ठाउँमा रथारोहण गरिएको छ ।

नौ दिन अगाडिबाट व्रत बसेर विभिन्न ठाउँमा पूजा गरिन्छ । पूजा सकेर आमाको मुख हेर्ने दिन कुटुबहाल दहमा गएर त्यहीँ बास बस्ने र भोलिपल्ट मच्छिन्द्रनाथ ल्याउने पराम्परा रहेको मुख्य पूजारी कमलराज बज्राचार्यले बताउनुभयो ।

करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको रथलाई सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुर्याएर साइत अनुसार भोटो देखाइ मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मतीमा लगेपछि जात्रा समापन भएको मानिन्छ । 

जानकारहरुका अनुसार योभन्दा अगाडि जस्तोसुकै अफ्ठ्यारो अवस्थामा पनि जात्रा रोकिएको थिएन ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया