भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्ने क्रम नरोकिएपछि श्रीलङ्कामा शनिबारदेखि फेरि २४ घण्टे कर्फ्यु लगाइएको छ ।
शुक्रबार श्रीलङ्कामा थप ४६ जनामा सङ्क्रमण देखिएको छ । योसँगै श्रीलङ्कामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय २० पुगेको ५ भने अहिलेसम्म सात जनाको ज्यान गएको छ ।
नयाँ सङ्क्रमितमा ३० जना जलसैनिक हुन्, उनीहरु श्रीलङ्काको राजधानी कोलम्बो नजिक एक शिविरमा रहँदै आएका थिए । श्रीलङ्कामा गएको सोमबार दिउँसो देशको दुई तिहाइ क्षेत्रमा कर्फ्यु केही खुकुलो गरिएको थियो ।
प्रहरीले कर्फ्यु उल्लङ्घन गर्ने ३० हजार जनालाई गिरफ्तार गरिएको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।