माेटरसाइकल डिभाइडरमा ठाेक्किँदा प्रहरी जवानकाे ज्यान गयाे

 वैशाख १३, २०७७ शनिबार १६:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँक - नेपालगञ्ज उपमहानगरपालिकाको राँझा चाेकमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी जवान सुवाष सार्कीले चलाएको भे ३ प ३९ नम्बको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

जयसपुरमा दशगजा नजिकै रहेको क्वरेण्टीनकाे ड्युटी सकेर राति दुई बजेतिर घर फर्कने क्रममा सार्की चढेको मोटरसाइकल दुर्घटनामा परेको हो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया