७ वर्षीया सिरियाली बालिकाले काेराेनालाई जितिन्

 बैशाख १३, २०७७ शनिबार १५:५९:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) मा सिरियाकी सात वर्षीया बालिका काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणबाट मुक्त भएकी छिन् । 

लीन बशर नाम गरेकी बालिका अबुधाबीमा रहेकाे बुर्जिल अस्पतालकाे आइसाेलेशन वार्डमा एक हप्ताकाे उपचारपछि बिहीबार डिस्चार्ज भएकी हुन् । निकाे भएर घर फर्किँदै गर्दा ती बालिकालाई अस्पतालका कर्मचारीले लामबद्ध भएर सम्मानका साथ बिदाइ गरेका थिए । 

पछिल्ला तीन स्वाब परीक्षणमा रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकाे अस्पतालले जनाएकाे छ । अस्पतालबाट डिस्चार्ज भए पनि ती बालिका १४ दिन हाेम क्वरेण्टीनमा बस्ने छिन् । 

सुख्खा खाेकी देखिएपछि र श्वास फेर्न समस्या देखिएपछि गएकाे अप्रिल १४ तारिखमा ती बालिका अस्पताल भर्ना भएकी थिइन् । अप्रिल ११ तारिखदेखि उनमा काेराेनाकाे लक्षण देखिएकाे अभिभावकले बताएका छन् । 

यूएईमा अहिलेसम्म ९ हजार दुई सय ८१ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाेमा ६४ जनाकाे ज्यान गएकाे छ । सङ्क्रमितमध्ये एक हजार सात सय ६० जना उपचारपछि निकाे भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया