काेराेना निकाे भएकालाई फेरि सङ्क्रमण हुँदैन भन्ने कुनै 'ग्यारेण्टी' छैन : विश्व स्वास्थ्य सङ्गठन

 बैशाख १३, २०७७ शनिबार १९:४६:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुनबाट बचाउने एन्टीबडीज हुन्छ भन्ने कुराको कुनै प्रमाण नभएको बताएको छ ।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रोग प्रतिरोधात्मक शक्ति हासिल गर्न बहु चरण प्रक्रिया पार गर्नुपर्ने र यसका लागि एकदेखि दुई हप्ताको समय लाग्छ । यो प्रक्रियामा रगतमा रहेको एन्टिबडीजलाई मापन गरिन्छ । 

साथै विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ बिरामीमा एन्टिबडीजको अवस्थाको अध्ययन भइरहेको बताएको छ । धेरैजसो अध्ययनमा कोभिड १९ बाट निको भएका व्यक्तिमा यो भाइरसको एन्टिबडीज उत्पन्न भएको पाइएको छ । 

तर यो एन्टिबडीजको मात्रा रगतमा निकै कम पाइएको छ । यही कारण विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट निको भएका व्यक्ति फेरि सङ्क्रमण हुनबाट बच्ने प्रमाण नभेटिएको बताएको हो । 

डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्नेमा जोड दिएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया