स्पेनमा 'लकडाउन' : बालबालिकालाई केही बेर घरबाहिर निस्कन दिइने

 बैशाख १४, २०७७ आइतबार ८:५९:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – स्पेनमा लकडाउन चलिरहे पनि बालबालिकालाई केही समय घरबाहिर निस्कन दिइने भएको छ । १४ वर्षमुनिका ६३ लाख बालबालिकालाई केही समय बाहिर निस्कन दिने गरी लकडाउन खुकुलो पारेको त्यहाँको सरकारले जनाएको हो ।

हरेक दिन बालबालिकालाई बिहान ९ देखि राति ९ बजेको बीचमा एक घण्टा घरबाहिर निस्कन अनुमति दिइने भएको बीबीसीले जनाएको छ । तर उनीहरु एक किलोमिटरभन्दा पर जान भने पाउने छैनन् । साइकल, स्केट तथा स्केटबोर्ड चलाउन अनुमति दिइएको छ । तर सर्वाजनिक पार्क भने बन्द नै रहने छन् ।

मनोविमर्शकर्ताले बालबालिकाका लागि दिइएको केही समयको छुट पनि उनीहरुको मानसिक स्वास्थ्यका लागि अति महत्वपूर्ण हुने भन्दै निर्णयको स्वागत गरेका छन् । लामो समय घरमै सीमित हुँदा विशेष गरी बालकालिकामा मनोसामाजिक प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिन थालेपछि गएको मार्चको मध्यदेखि स्पेनमा लकडाउन चलिरहेको छ । 

स्पेन पनि काेराेना भाइरस (काेभिड १९) काे महामारीबाट प्रभावित भएकाे छ । स्पेनमा अहिलेसम्म दुई लाख २३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाेमा २२ हजार ९ सय जनाकाे ज्यान गइसकेकाे छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया