माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
बैशाख ११, २०८२ बिहिबार
काठमाण्डौ - नेपालको पदयात्रा, पर्वतारोहणलगायत अन्य सिलसिलामा नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने प्रतीक्षामा छन् ।
लकडाउनका कारण नेपालमा रोकिएका उनीहरु घर फर्किने चाँजोपाँजो मिलाउन काठमाण्डौमा रहेका दूतावास ,पर्यटनसँग सम्बन्धित निकाय धाइरहेका छन् ।
नेपालमा रहेका एक हजार विदेशी नागरिक घर फर्किने चाहनामा रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार छिमेकी देश चीनसहित युरोपलगायत करिब ६० देशका एक हजार नागरिक घर फर्किने पहलमा रहेका छन् । कतिपय विदेशी नागरिक घर फर्किन पहल गरिदिन आग्रह गर्दै बोर्डलगायत संस्था धाइरहेका छन् ।
त्यसो त लकडाउनकै अवधिमा विभिन्न देशका चार हजार ५३२ विदेशी नागरिक घर फर्किसकेका छन् । यो चैत १० देखि वैशाख ८ गतेसम्म विदेशी घर फर्कनेको विवरण हो । यस अवधिमा ३४ अन्तर्राष्ट्रिय उडान भएका छन् ।
यीमध्ये केही मानव उद्धार तथा कार्गो उडान हुन् । सम्बन्धित देशका नेपालमा रहेका दूतावासले परराष्ट्र मन्त्रालयको समन्वयमा जहाजमार्फत उद्धार गरी आफ्ना नागरिकलाई स्वदेश फर्काएका हुन् ।
लकडाउनका कारण नेपालका विभिन्न गन्तव्यमा रोकिएका विदेशीलाई काठमाण्डौसम्म ल्याउन बोर्डले सहजीकरण गरिदिएको थियो । यसबीचमा विशेषगरी युरोपेली देश जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायत मलेसिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सागर अचार्यका अनुसार सन् २०२० को मार्च महिनामा एक लाख १५ हजारको अन्तर्राष्ट्रिय आवागमन भएकामध्ये भारतीय नागरिकसहित ३५ हजार २३ विदेशी नागरिक नेपाल आएका थिए ।
यीमध्ये कतिपय विदेशी पहिला नै स्वदेश फर्किसकेका थिए भने धेरै सङ्ख्याका विदेशी नेपालमा लकडाउन सुरु भएपछि घर फर्किन रोकिएका छन् ।
प्रमुख अध्यागमन अधिकृत आचार्यले मार्च महिना अर्थात लकडाउन सुरु हुनुभन्दा अघिको अवस्थामा आएका विदेशी नागरिकमध्ये कतिपय तीनदेखि पाँच दिनको अवधिम स्वदेश फर्किएको र बाँकी पदयात्रालगायत पर्यटन गतिविधिमा संलग्न तथा कूटनीतिक निकायमा आवद्ध विदेशी रहेकाले घर फर्किनेको सङ्ख्या त्यति धेरै नभएको बताउनुभयो ।
नेपालमा झण्डै पाँच हजार विदेशी नागरिक विदेशी नियोगको कूटनीतिक कामका लागि नेपालमा रहेको बताइन्छ । बाँकी पर्यटक के कति छन् र उनीहरु कस्तो अवस्थामा रहेका छन् भनी नेपाल पर्यटन बोर्डले खोजी गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।