काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु
मंसिर ११, २०८१ मंगलबार
सर्लाही - लकडाउन सुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन बनेको छ ।
परियोजना प्रमुख नभएको मौका छोपेर वन तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको वन विकासकै कर्मचारीले जनाएका छन् । नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको एक लाख घनफिट काठ चोरी भइसकेको एक कर्मचारीले बताए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना भाइरस नियन्त्रणमा लागिरहेको समयमा तस्कर चोरी शिकारमा लागिपरेको भन्दै तस्कर नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो ।
छिमेकी जिल्ला सिन्धुलीबाट समेत तस्करले चोरी गरेका काठ तथा वनजन्य पदार्थ सर्लाहीको लालबन्दी, हरिवन, वाग्मती तथा फुलजोरको भित्री बाटो जिल्लाका विभिन्न स्थानका काठ चिरान मिलका साथै छिमेकी देश भारतका विभिन्न बजारमा समेत पुर्याउने गरेका छन् ।
लकडाउनको समयमा वन कर्मचारीको वन गस्ती कम हुने र मानिसको समेत आवतजावत कम हुने गरेका कारण पनि वन तस्कर थप सक्रिय भएको हुनसक्ने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।