तीन सय हुम्लीको उद्धार

300

 वैशाख १५, २०७७ सोमबार ७:५४:८ | रासस
unn.prixa.net

हुम्ला - लकडाउनको समय लम्बिंदै गएपछि कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । 

कर्णाली प्रदेश सरकारले बाँके र  सुर्खेतमा अलपत्र ३१५ जनालाई मुगुसम्म आफैँले भाडा हाली घर पठाएको नेपाल कम्युनिष्ट पार्टी९नेकपा० हुम्ला सचिवालय सदस्य छवि थापाले जानकारी दिनुभयो । आइतबार राति सुर्खेत र बाँकेबाट सर्केगाड –१ देखि ८ सम्मका  नागरिकको उद्धार गरिएको छ । 

बाँकी रहेका अन्यको आज पनि उद्धार गरिने जनाइएको छ ।  उद्धार गरिएका नागरिकले प्रदेश सरकारसँग १४ दिन क्वारेन्टाइनमा बस्ने सहमति गरेका छन् ।

जिल्लाका अन्य बाँकी ६ गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्ना नागरिकको उद्धारमा चासो नदिँदा र जिल्ला बाहिर कति छन् भन्ने तथ्याङ्क प्रदेश सरकारलाई नदिँदा उद्धार गर्न नसकिएको सामाजिक विकास मन्त्रालय स्रोतले बताएको छ । 
अन्यको बिचल्ली

काम र अध्ययनका सिलसिलामा  बाँके र सुर्खेतमा रहेका हुम्लीले घर जान पाऊँ भन्दै सबैलाई समस्या दर्शाउँदै आएका छन् ।

नेपालगञ्ज विमानस्थल नजीकै आसपास क्षेत्रका होटेलमा महिना दिनसम्म बसेका हुम्लीहरु  लकडाउन खुल्ने छाँट नदेखेपछि प्रदेश र स्थानीय सरकारलाई हुम्ला पुर्याइदिन हारगुहार गर्न थालेका छन् ।  ‘चुनाव आउँदा मात्रै हामी जनता चाहिने रहेछौँ, आपत बिपतका बेला महिनौँ दिनसम्म कसैले चासो दिएन’, सिमकोट –२ का रामबहादुर बोहराले गुनासो गर्नुभयो । 

होटेलमा प्रतिदिन रु आठनौ सय खर्च भएको तथा घर फर्कने गाडी र जहाज भाडासमेत नभएको महेन्द्र बोहराले बताउनुभयो । बाँके र सुर्खेत आइपुगेका छ सयदेखि सात सय हुम्ली लकडाउनमा फसेको अनुमान छ ।  

कर्णाली प्रदेशका कालीकोट, सल्यान, जाजरकोट, कालीकोट, जुम्लालगायत जिल्लाका स्थानीय तहले आआफ्ना नागरिक उद्धार गरे पनि हुम्लाका ६ वटै स्थानीय तहले यस विषयमा कुनै चासो नदिँदा उनीहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।

गत बिहीबार प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले उद्धार गर्ने निर्णय गरे पनि हालसम्म कुनै टुङ्गो लागेको छैन ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया