माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
बैशाख ११, २०८२ बिहिबार
बर्दिया - गुलरिया नगरपालिकाका मुकुन्द सुवेदीले १९ बिघा क्षेत्रफलमा ६० हजार केराखेती गर्नुभएको छ । गत वर्ष केराबाट राम्रो आम्दानी गर्नुभएका सुवेदीको यस वर्ष लकडाउनका कारण बिक्री गर्न समस्या भएको छ ।
गत आर्थिक वर्षमा रु २६ लाख बराबरको केरा बिक्री गर्नुभएका सुवेदीले यस वर्ष रु १० लाखको मात्रै बिक्री गरिएको बतााउनुभयो ।
सुवेदीले जिल्ला कृषि विकास कार्यालय बर्दियाबाट रु १५ हजार केराको बिरुवा अनुदान पाएपछि जग्गा भाडामा लिएर तीन वर्षअघिदेखि केरा खेती शुरुआत गरिएको बताउनुभयो । ‘बर्दिया केराको लागि उर्वर भूमि हो । अहिले लकडाउनका कारण बिक्री गर्न नपाउँदा बारीमै सड्न लागेको छ ।’
कोरोना भाइरस संक्रमणका कारण लकडाउन गरिएपछि केराले बजार नपाउँदा ठूलो घाटा व्यहोर्नुपरेको अर्का किसान यज्ञ हमालले गुनासो गर्नुभयो ।‘एउटा बोटबाट निस्केको एक घरी केरामा दुई सयदेखि तीन सय कोसासम्म केरा फल्छ, ठूलो कोसा भएको केरा एक दर्जनको रु एक सयमा बिक्री हुन्छ ।’
डेढ बिघा जग्गामा केरा खेती गर्यो भने बिरुवा रोपिएको १८ महिनामा रु तीन लाख ५० हजारसम्म आम्दानी हुने हमालले बताउनुभयो ।
केराबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले स्थानीय एवम् हाइब्रिड जातका केरा लगाएका थिए । कृषि ज्ञान केन्द्र बाँकेले एक गाउँ एक उत्पादन कार्यक्रम लागू गरेपछि यहाँका किसान झनै केरा खेतीतर्फ आकर्षित भएका हुन् । यो कार्यक्रमअन्तर्गत तीन वर्षअघि किसानलाई ५० प्रतिशत अनुदान दिइएको थियो ।
लगानीमा साझेदारी र उत्पादनमा एकल स्वामित्व भएपछि आफू केरा खेतीतर्फ उन्मुख भएको किसान शम्भु उपाध्यायले बताउनुभयो । एक बिघा जग्गामा दुई सयदेखि तीन सयसम्म बिरुवा रोप्न सकिने र त्यसबाट एक सय क्विन्टल केरा उत्पादन हुने उहाँको भनाइ छ ।
सिँचाइको राम्रो व्यवस्था भएका कारण राजापुर, बारबर्दिया, मधुवन, गुलरियालगायत यहाँका आठै स्थानीय तहमा केरा खेती फस्टाएको छ । उत्पादित केरा नेपालगञ्ज, बुटवल, काठमाडौँलगायत मुख्य बजारसम्म बिक्रीका लागि लैजाने गरिए पनि लकडाउनका कारण केरा बारीमै रहेको गुनासो उपाध्यायले गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।