न्युजिल्याण्डले काेराेनाविरुद्धकाे लडाइँ जित्याे : प्रधानमन्त्री अर्डेर्न

 वैशाख १५, २०७७ सोमबार १४:५६:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्ड सरकारले काेराेना भाइरसकाे सामुदायिक सङ्क्रमण हुन राेकिएकाे र प्रभावकारी रुपमा भाइरसमाथि नियन्त्रण लिएकाे दाबी गरेकाे छ ।

पछिल्ला केही दिनदेखि न्युजिल्याण्डमा दैनिक एक/दुई जना नयाँ सङ्क्रमण देखिएकाे छ । आइतबार मात्र एक जनामा नयाँ सङ्क्रमण देखिएकाे थियाे । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेर्नले भनिन्, 'देशले अहिले याे युद्ध जितेकाे छ ।'

प्रधानमन्त्रीकाे याे घाेषणाकाे केही घण्टाअघि न्युजिल्याण्डले सामाजिक प्रतिबन्धकाे कडा दिशानिर्देशमा केही राहत दिएकाे थियाे । मङ्गलबारदेखि केही व्यापार, हेल्थकेयर र शिक्षा क्षेत्रमा गतिविधि सुरु हुनेछ । तर अधिकारीहरुले भने याे विषयमा अदृष्ट रहन नहुने बताएका छन् । धेरै मानिसहरु अझै पनि घरमै रहने र मानिसहरुलाई शारीरिक दुरी बनाइराख्न भनिएकाे छ । 

'प्रतिबन्ध पूर्णरुपमा हटाइएकाे छैन'

प्रत्येक दिन हुने सरकारी बिफ्रिङमा प्रधानमन्त्री अर्डेर्नले भनिन्, 'हामी अर्थव्यवस्था खाेल्दैछाैँ तर सामाजिक जीवनमाथि लगाइएकाे प्रतिबन्ध पूर्णरुपमा हटाइएकाे छैन ।'

न्युजिल्याण्डमा अहिलेसम्म १५ सय जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ भने १९ जनाकाे ज्यान गएकाे छ । न्युजिल्याण्डका स्वास्थ्य मामिलाका महानिर्देशक एशले ब्लूमफिल्डले पछिल्ला दिनमा काेराेना सङ्क्रमण फैलिन कम हुनुले भाइरसमाथि नियन्त्रण लिने लक्ष्य पूरा भएकाे बताए । 

तर ब्लूमफिल्ड र प्रधानमन्त्री अर्डेर्नले काेराेना भाइरसमाथि नियन्त्रणकाे घाेषणा गरेपछि नयाँ सङ्क्रमण देखिँदैन भनेर ढुक्क नहुन आग्रह गरेका छन् । यसकाे अर्थ सङ्क्रमणकाे दर निकै कम हुने र सरकारले अब आउने अवस्थाकाे सामना गर्न सक्ने बताइएकाे छ । 

प्रधानमन्त्री अर्डेर्नले भनिन्, 'न्युजिल्याण्डमा व्यापकस्तरमा सामुदायिक सङ्क्रमणकाे कुनै मामिला देखिएकाे छैन । हामीले युद्ध जितेका छाैँ । तर सतर्क रहन आवश्यक छ ।' 

समयमै कडा कदम 

न्युजिल्याण्डले सङ्क्रमण देखिनेबित्तिकै कडा कदम अपनाएकाे थियाे । सरकारले यातायातमा कडा प्रतिबन्ध लगाएकाे थियाे । न्युजिल्याण्डले धेरै अघि नै आफ्नाे सीमाहरु बन्द गरेकाे थियाे । आफ्नाे देश भित्रनेलाई क्वरेण्टीनमा पठाएकाे थियाे । साथै लकडाउनलाई कडाइका साथ लागू गरेकाे थियाे । 

सङ्क्रमण फैलिन थालेपछि न्युजिल्याण्डले व्यापकस्तरमा परीक्षण र ट्रेसिङमा जाेड दिएकाे थियाे । न्युजिल्याण्डले समयमै लकडाउन लागू गरेकाले सङ्क्रमणलाई नियन्त्रणमा लिन सकेकाे प्रधानमन्त्रीले बताइन् । 

साेमबार मध्यरातदेखि न्युजिल्याण्ड सरकारले लकडाउनकाे लेभल ४ देखि लेभल ३ मा आएकाे घाेषणा गरेकाे थियाे । अब न्युजिल्याण्डमा व्यावसायिक गतिविधि सुरु हुनेछ । यसमा रेस्टुरेन्ट पनि आउँछ । तर यिनीहरुलाई केवल डेलिभरीकाे अनुमति दिइएकाे छ ।

समाजिक प्रतिबन्ध रहिरहनेछ । मानिसहरुलाई आफ्ना परिवारसँग सानाे समूहमा रहन सल्लाह दिइएकाे छ र दुई मिटरकाे दुरी कायम राख्न भनिएकाे छ । सामूहिक रुपमा भेला हुन अझै प्रतिबन्ध छ । शपिङ मल बन्द रहनेछ र धेरैजसाे बालबालिका विद्यालय जान पाउने छैनन् । साथै न्युजिल्याण्डकाे सीमा अझै पनि बन्द छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया