सिङ्गापुर बन्याे काेराेना भाइरसकाे नयाँ 'हटस्पट'

 वैशाख १५, २०७७ सोमबार १६:१५:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एक समय काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणलाई नियन्त्रणमा लिन सफल भएकाे भन्दै सिङ्गापुरकाे प्रशंसा भएकाे थियाे तर अहिले अवस्था अर्कै देखिएकाे छ । ५० लाख जनसङ्ख्या रहेकाे सिङ्गापुरमा भाइरसकाे सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाे छ । 

सिङ्गापुरमा अहिले १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेकाे छ । चीन र भारतपछि एसियामा सिङ्गापुर पनि सङ्क्रमणको केन्द्र बनेकाे छ । तर चीन र भारतकाे जनसङ्ख्या सिङ्गापुरकाे भन्दा कैयाैँ गुणा धेरै छ । यी दुई देशकाे जनसङ्ख्या एक अर्बभन्दा धेरै छ । 

हरेक दिन हजाराैँकाे सङ्ख्या परीक्षण गरिरहेकाे सिङ्गापुर सरकारले जनाएकाे छ । मुख्यतः प्रवासी मजदुरहरुकाे परीक्षणमा जाेड दिइएकाे छ किनकि सिङ्गापुरमा प्रवासी मजदुरबाट सङ्क्रमण फैलिन सुरु भएकाे थियाे ।

सिङ्गापुरमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर धेरैजसाे दक्षिण एसियाका छन् । वर्किङ परमिटमा काम गर्ने यी मजदुर एउटै काेठामा सामूहिक रुपमा बस्छन्, जसका कारण भाइरसकाे सङ्क्रमण उच्च रहन्छ । 

आइतबार सिङ्गापुरमा ९ सय ३१ जना नयाँ सङ्क्रमित थपिएका थिए । यसमध्ये धेरै बाहिरी देशबाट आएका कामदार हुन् । सिङ्गापुरका स्थायी निवासी र नागरिकमा नयाँ सङ्क्रमणकाे सङ्ख्या मात्र १५ छ । परीक्षणकाे दायरा बढाएसँगै प्रवासी मजदुरमा सङ्क्रमण अझै धेरै देखिने सम्भावना छ । 

मङ्गलबार राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ली सेन लङले आफ्नै परीक्षण किट विकसित गर्ने र बनाउनेसँगै बाहिरबाट पनि मगाइरहेकाे बताएका छन् ।स्वास्थ्य मन्त्री जान किम याेङ्गले भने, 'हामी सबै किसिमकाे परीक्षण माेडल, विभिन्न किसिमका किट र विभिन्न किसिमका परीक्षण गर्न सक्षम हुन चाहन्छाैँ ।'

बाहिरी देशबाट परीक्षण किट मगाउनुकाे उद्देश्य सिङ्गापुरमा परीक्षण गर्ने क्षमता बढाउनु भएकाे उनले बताए ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया