विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अ...
पुस ८, २०८१ सोमबार
दाङ - दाङको शान्तिनगर गाउँपालिका २ काे अमुवामा जङ्गली जनावर रतुवा मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले रतुवा सिकार गरी मासु भागबण्डा गरिरहेको अवस्थामा सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अमुवाका रामबहादुर नेपाली, कलबहादुर भण्डारी, दिलबहादुर दमाई, तुलसीराम वली, ओपेन्द्रबहादुर भण्डारी रहेका छन् । पाँच जनालाई रतुवाको मासुसहित आवश्यक अनुसन्धानका लागि कार्यालयमा ल्याइएको निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिनुभयो ।
वन क्षेत्र नजिकैको खोल्सीमा रतुवा देखेपछि त्यहाँ वरपरका स्थानीयहरु जम्मा भइ खुर्पा, ढुङ्गा, गुलेली प्रयोग गरी मारेको भन्ने खुल्न आएको चौधरीले बताउनुभयो ।
मारिसकेपछि गाँउलेहरु मिलेर मासु भागबण्डा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खीमबहादुर केसीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।