काठमाण्डौका केही ठाउँमा बिजुली अबरुद्ध हुने
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनपिङबीच अहिले विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उहाँहरुबीच साेमबार साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
टेलिफाेन संवादमा राष्ट्रपति भण्डारीले चीनले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको लडाइँमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा पनि सराहना गर्नुभयो ।
प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाउनुभयो । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपणपछि पुनः आफ्नो काममा फर्कनुभएकामा खुसी व्यक्त गर्दै उहाँको सुस्वास्थ्य र सुखको पनि कामना गर्नुभएको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई टेलिफोन संवादका लागि धन्यवाद दिँदै कोरोना भाइरस महामारीका समय र कोरोनाबाट निधन भएकाहरुको श्रद्धाञ्जलीका लागि आयोजित राष्ट्रिय शोक सभामा चिनियाँ सरकार र जनताप्रति व्यक्त गरेको ऐक्यबद्धता र समर्थनका लागि सराहना गर्नुभयो ।
दुवै राष्ट्रपतिले दुई देशबीच विद्यमान उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै यसलाई आगामी दिनमा दुई देशका उच्चस्तरीय भ्रमणहरुमा गरिएका समझदारी र हिमालय सीमा पार बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाहरुको कार्यान्वयनका माध्यमबाट अझ सुदृढ गर्ने सहमति पनि भएको छ ।
दुवै राष्ट्रपति अवस्था सामान्य भएपछि ती आयोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने विषयमा पनि सहमत हुनुभएको छ । टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीको गत वर्ष अक्टोबरमा नेपालमा भएको सुखद् भ्रमणको पनि स्मरण गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।