साेनिया गान्धीमाथि टिप्पणी गर्दा प्रधान सम्पादकसँग साढे १२ घण्टासम्म साेधपुछ

 वैशाख १६, २०७७ मंगलबार १०:२६:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – रिपब्लिक टीभीका प्रधान सम्पादक (इडिटर इन चिफ) अर्णब गोस्वामीलाई मुम्बई प्रहरीले १२ घण्टाभन्दा धेरै समयसम्म सोधपुछ गरेको छ । 

इण्डियन एक्सप्रेस अखबारका अनुसार कांग्रेस प्रमुख सोनिया गान्धी र पालघर माब लिंचिंगका बारेमा अर्णब गोस्वामीको टिप्पणीपछि उजुरी दर्ता गरिएपछि उनीसँग सोधपुछ गरिएको हो । 

महाराष्ट्रका ऊर्जा मन्त्री नितिन राउतको गुनासोपछि नागपुर प्रहरीले यो उजुरी दर्ता गरेको थियो । 

उनीमाथि आईपीसीको दङ्गा भड्काएको, धर्म र जातिको आधारमा दुई समूहबीच दुस्मनी फैलाएको, धार्मिक भावनालाई उक्साएको आदिसँग जोडिएको धारामा उजुरी दर्ता गरिएको थियो । 

त्यसपछि अर्णबले सर्वोच्च अदालतमा बिन्ती पत्र दर्ता गरेर आफूविरुद्ध दर्ता गरिएको सबै उजुरी रद्द गर्न माग गरेका थिए । 

त्यसपछि सर्वाेच्च अदालतले यो विषयमा मुम्बई प्रहरीलाई जिम्मा दिएको थियो र अभद्र भाषा प्रयोग गरिएको सम्बन्धमा सबै उजुरीलाई खारेज गरेको थियो ।

जाँचकर्ताहरुले अर्णबलाई राति आइतबार सूचना दिएको थियो, त्यसपछि सोमबार बिहान उनी साढे ९ बजे प्रहरी थाना पुगेका थिए । 

रिपब्लिक टीभीमा प्रकाशित बयानमा उनलाई साढे १२ घण्टासम्म सोधपुछ गरिएको बताइएको छ । 

बयानमा भनिएको छ, ‘सोनिया गान्धीमाथि गरिएको टिप्पणीका बारेमा आज सोधपुछ भयो । मैले जे टिप्पणी गरेँ, त्यो ठिक छ, म आफ्नो बयान फेर्न चाहन्नँ । मैले प्रहरीसँग आफ्नो कुरा राखेँ र उनीहरु पनि सन्तुष्ट छन् । मैले जाँचमा सहयोग गरेँ ।’

गएको बिहीबार अर्णब गोस्वामीमाथि कथित रुपमा आक्रमण गर्ने युथ कांग्रेसका दुई कार्यकर्ता अरुण बोराडे र प्रतीक मिश्रालाई भोइवाडा अदालतले सोमबार जमानत दिएको छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया