काेराेना भाइरस : विश्वभर ३१ लाखभन्दा धेरै सङ्क्रमित, कुन देशमा कति ?

 वैशाख १७, २०७७ बुधबार ६:२८:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या ३१ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएकाे छ ।

सङ्क्रमितमध्ये ९ लाख ५२ हजारभन्दा बढी निको भएका छन् । १९ लाख ६४ हजारभन्दा बढीकाे उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार तीन सय सात जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । अहिलेसम्म दुई लाख १७ हजारभन्दा बढीकाे ज्यान गएको छ ।

ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ । केही दिनयता दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको अमेरिकामा गएको २४ घण्टामा भने झण्डै दोब्बरले बढेको छ । त्यहाँ थप २४ सय २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार नाघेको छ । यस्तै १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार अमेरिकामा १३ सय ८४ जनाको ज्यान गएको छ ।

इटलीमा भने ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारकाे भन्दा केही बढेको छ । मङ्गलबार तीन सय ३३ जनाको ज्यान गएको इटलीमा गएको २४ घण्टामा थप तीन सय ८२ जनाको ज्यान गएको छ । त्यहाँ सङ्क्रमितको सङ्ख्या पनि बढेर दुई लाख एक हजार नाघेको छ ।

स्पेन र फ्रान्समा भने दैनिक ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । यी दुई देशमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म साढे २३ हजारभन्दा बढीकाे ज्यान गएको छ । स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकाे छ ।

यसैगरी अहिलेसम्म साढे २१ हजारभन्दा बढीकाे ज्यान गएको बेलायतमा गएको २४ घण्टामा थप पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा एक लाख ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

जर्मनीमा सङ्क्रमितको सङ्ख्या एक लाख ५९ हजार नाघेको छ । यसैगरी कोरोनाको उद्गम देश चीनमा ८२ हजार आठ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ । ७७ हजार पाँच सय ५५ जना निको भएका छन् ।

यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएकोमा एक हजार आठ जनाको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा ६९ जनाको ज्यान गएको वल्डाेमिटरले जनाएको छ । सात हजार सात सय ४७ जना भने निको भएका छन् । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया