फ्रान्स : 'लकडाउन' केही खुकुलो, सार्वजनिक गाडी र स्कुलमा मास्क अनिवार्य

 वैशाख १७, २०७७ बुधबार ७:४४:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – फ्रान्समा गएको मे महिनाको ११ तारिखदेखि लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ । लकडाउन खुकुलो बनाइए पनि व्यक्तिगत दुरी पालना गर्नै सामाजिक प्रतिबन्धको ख्याल गर्नुपर्ने छ । 

लकडाउन खुकुलो बनाइएपछि सार्वजनिक यातायात र विद्यालयमा अनिवार्य रुपमा मास्क (मुखावरण) लगाउनु पर्नेछ । यसका साथै सार्वजनिक स्थानमा १० जनाभन्दा धेरै जम्मा हुन पाउने छैनन् । 

फ्रान्समा कोरोना भाइरस (कोभिड १९) बाट अहिलेसम्म २३ हजार ६ सय ६० जनाभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै एक लाख २९ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । 

यद्यपि पछिल्ला केही दिनमा अस्पताल र सघन उपचार कक्ष (आईसीयू) मा भर्ना हुने बिरामीको सङ्ख्यामा पनि कमी आएको बताइएको छ । 

काेराेनाकाे कारण अहिलेसम्म विश्वभर ३१ लाख ३८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये ९ लाख ५५ हजारभन्दा बढी उपचारपछि निकाे भएका छन् । त्यस्तै दुई लाख १७ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

सङ्क्रमितमध्ये १९ लाख ६४ हजारभन्दा बढीकाे उपचार भइरहेकाेमा ५६ हजारभन्दा बढीकाे अवस्था गम्भीर छ भने बाँकी १९ लाखभन्दा बढीकाे अवस्था सामान्य छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया