अमेरिका : काेराेनाकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या २ दशकसम्म चलेकाे 'भियतनाम युद्ध'मा भन्दा बढी

 वैशाख १७, २०७७ बुधबार १०:५४:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को कारण ५८ हजारभन्दा धेरैको ज्यान गएको छ । भाइरसको सङ्क्रमणका कारण अमेरिकामा एक महिनाभन्दा कम समयको अवधिमा ५८ हजार तीन सय ५५ जनाको ज्यान गएको हो । 

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई दशकसम्म चलेको भियतनाम युद्धको समयमा ज्यान गुमाएकाको भन्दा धेरै भएको छ । भियतनाम युद्धको समयमा ५८ हजार दुई सय २० जनाको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपतिका चिकित्सा सल्लाहकार एन्थनी फुकीले अझै खतरा नटरेको भन्दै चेतावनी दिएका छन् । प्रभावकारी उपचारविना आउँदा दिनमा अझ धेरैले ज्यान गुमाउने उनले बताए । 

अमेरिकामा अहिलेसम्म १० लाख ३५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५८ हजारभन्दा धेरैको ज्यान जाँदा एक लाख ४२ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।  

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया