भारतमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ३१ हजार तीन सयभन्दा बढी, सात हजार ६ सय ९५ जना निकाे

 वैशाख १७, २०७७ बुधबार १२:६:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणका कारण एक हजारभन्दा बढीकाे ज्यान गएकाे छ ।

गएको २४ घण्टामा ७० जनाभन्दा धेरैको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात पुगेको भारतकाे स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । यस्तै थप एक हजार आठ सय ९७ जना नयाँ बिरामी थपिएर ३१ हजार तीन सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सात हजार ६ सय ९५ जना भने उपचारपछि निको भएका छन् ।

यसैबीच कोरोनाको उद्गमस्थल देश चीनमा नयाँ बिरामी तथा ज्यान गुमाउनेको सङ्ख्या घट्दै गएको छ । चीनमा हिजो कोरोना सङ्क्रमणका २२ जना नयाँ बिरामी थपिए पनि कसैको पनि ज्यान गएकाे छैन । अहिलेसम्म चीनमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया