रुसी प्रधानमन्त्रीलाई काेराेना सङ्क्रमण पुष्टि

 वैशाख १९, २०७७ शुक्रबार ६:२०:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । भाइरसकाे सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ ।

आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

रुसमा कोरोना सङ्क्रमितकाे सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया