२ सय १२ देशमा काेराेना भाइरस, १० लाख ३९ हजारभन्दा धेरै निकाे

 वैशाख १९, २०७७ शुक्रबार ७:२४:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभर १० लाख ३९ हजारभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित निको भएका छन् ।

२ सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३३ लाख चार हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १० लाख ३९ सय ५५ जना निको भएकाे वल्डाेमिटरले जनाएको छ । सेन्ट पियर र मिकलान काेराेना भाइरस देखिएका देश हुन् । 

सङ्क्रमितमध्ये २० लाख ३१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । सङ्क्रमणका कारण अहिलेसम्म दुई लाख ३३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै विभिन्न देशमा गरि साढे ५ हजार भन्दा धरैको ज्यान गएको छ ।

अमेरिकामा मात्रै २२ सयभन्दा धेरैको ज्यान गएको छ भने साढे ३० हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या साढे ६३ हजार नाघेको छ । यस्तै १० लाख ९५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा साढे २६ हजारभन्दा धेरै, स्पेनमा साढे २४ हजारभन्दा धेरै र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा सङ्क्रमितको सङ्ख्या साढे ३४ हजार नाघेको छ । बिहीबार १८ सयभन्दा धेरै नयाँ सङ्क्रमित थपिएर सङ्क्रमितको सङ्ख्या ३४ हजार ८ सय नाघेकाे हाे । यस्तै साढे ११ सयभन्दा धेरैको कोरोना सङ्क्रमणका कारण ज्यान गएको भारतमा ९ हजार ६८ जना भने निको भएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया