जब सिमेन्ट 'मिक्सर' भित्रबाट १८ मजदुर निस्किए...

 वैशाख २०, २०७७ शनिबार १९:४५:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) काे कारण लकडाउन घाेषणा गरिएपछि भारतकाे विभिन्न ठाउँमा मजदुरहरु अलपत्र परेका छन् । 

भारत सरकारले गएकाे अप्रिल २९ गते मजदुरलाई ठूलाे राहत दिएकाे थियाे, मजदुर, छात्र र पर्यटकहरु आफ्नाे घर जान सक्ने बताएकाे थियाे । यद्यपि विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरु आफ्नाे ज्यान जाेखिममा पारेर एक ठाउँदेखि अर्काे ठाउँ जाने काेसिस गरिरहेका छन् । 

यस्तै घटना मध्य प्रदेशकाे इन्दाैरमा भेटिएकाे छ, जहाँ एक सिमेन्ट मिक्सरमा १८ जना मजदुर लुकेर महाराष्ट्रदेखि लखनउ गइरहेका थिए । 

प्रहरीले जाँच गर्ने क्रममा ती मजदुरहरुलाई उज्जैन राेडकाे पन्थ पिपलाई गाउँ नजिकबाट नियन्त्रणमा लियाे । मिक्सरबाट एक एक जना गर्दै मजदुर बाहिर आएपछि प्रहरी पनि हैरान भएकाे थियाे । 

ट्रककाे सिमेन्ट मिक्सरका चालक यी मजदुरलाई महाराष्ट्रदेखि इन्दाैरसम्म लिएर आइपुगे चेक प्वाइन्टमा ट्रक राेकिएपछि ड्राइभर हडबडाए । त्यसपछि जाँच गर्दा मिक्सरभित्र मानिस देखियाे र बाहिर निकालियाे । 

त्यसपछि प्रहरीले मिक्सर नियन्त्रणमा लियाे । मिक्सरभित्र रहेका मजदुरहरुलाई एक बगैँचामा राेकिएकाे छ । 

डीएसपी ट्राफिक उमाकान्त चाैधरीले भने, 'शनिबार बिहान इन्दाैर–उज्जैन सीमाकाे पन्त पिपलाई चेक पाेस्टमा प्रहरीले एउटा मिक्सर गइरहेकाे थियाे । त्यही समय सुबेदार अमित यादवले सबै निर्माणकाे काम बन्द भएकाे बेला मिक्सन कता गइरहेकाे छ भनेर राेके । त्यसपछि मिक्सरका ड्राइभरले लखनउ जान लागेकाे बताए । फेरि ती प्रहरी अधिकारी मिक्सरकाे नजिक पुग्दा त्यहाँ आवाज आइरहेकाे सुने र ढक्कन खाेल्दा मिक्सरभित्र मजदुर भेटिए ।'  

महाराष्ट्रबाट आइरहेका मजदुर लकडाउनका कारण घर जान नपाउँदा सास्ती बेहाेरिरहेका थिए । केही काम पनि नभएकाे हुँदा गुजारा गर्न पनि कठिन भइरहेकाे थियाे । 

मिक्सर चालकमाथि सांवेर चाैकीमा उजुरी दर्ता गरिएकाे छ । साथै प्रशासनले ती मजदुरहरुलाई एउटा बसमा लखनउ पठाउने तयारी गरिरहेकाे छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया