उत्तर र दक्षिण कोरियाका सेनाबीच सिमानामा गोली हानाहान

 वैशाख २१, २०७७ आइतबार १४:२१:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ । उत्तर कोरिया र दक्षिण कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान भएको हो । 

दक्षिण कोरियाली सेनाका अनुसार बिहान ७ बजेर ४१ मिनेट (दक्षिण कोरियाली समय अनुसार) मा उत्तर कोरियाको तर्फबाट गोली प्रहार भएको थियो, जुन गोली सीमावर्ती शहर चेरोवनमा रहेको एक दक्षिण कोरियाली सुरक्षा पोस्टमा लागेको थियो । 

गोली हानहान भए पनि कुनै धनजनको क्षति नभएको दक्षिण कोरियाले जनाएको छ । 

दक्षिण कोरियाली सेनाले निकालेको बयानमा भनिएको छ–जबाफमा दक्षिण कोरियाले दुई राउण्ड गोली प्रहार गरेको छ र चेतावनी दिइएको छ । 

किन गोली प्रहार भयो भन्नेबारेमा थाहा भइसकेको छैन । मिलिट्री हटलाइनको माध्यमबाट सम्पर्क गरेर गोली प्रहारको कारण खोज्न प्रयास गरिरहेको ज्वाइन्ट चिफ अफ् स्टाफले बताएको छ । 
पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सेनाले सिधै दक्षिण कोरियामाथि गोली चलाएको बताइएको छ । 

सन् १९५३ मा कोरियाली युद्धपछि असैन्य क्षेत्र बनाइएको थियो । यो दुई देशको बीच मध्यवर्ती क्षेत्र (बफर जोन) जस्तै छ । 

पछिल्लो दुई वर्षदेखि दक्षिण कोरिया थ्रुपै सैनिक रहेको क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्न कोसिस गरिरहेको छ । 

उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइ–इनले सन् २०१८ को सेप्टेम्बर महिनामा प्योङयाङमा भएको वार्तामा सीमामा सैन्य तनाव कम गर्नेतर्फ इसारा गरको थिए । 

झण्डै तीन हप्तापछि किम जोङ उन सार्वजनिक रुपमा देखिएको एक दिनपछि यो घटना भएको हो । उनको अनुपस्थितिमा विश्वभरको सञ्चारमाध्यमले उनको स्वास्थ्यलाई अनुमान लगाएका थिए ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया