जम्मू–कश्मीर : सुरक्षाकर्मी र चरमपन्थीबीचकाे भिडन्तमा कर्णेल, मेजरसहित पाँच जनाकाे ज्यान गयाे

 वैशाख २१, २०७७ आइतबार १५:१२:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जम्मू-कश्मीरको कुपवाडा जिल्लामा सुरक्षाकर्मी र चरमपन्थीबीच भएको भिडन्तमा पाँच जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ ।

शनिबार दिउँसोदेखि भएको भिडन्तमा भारतीय सेनाका कर्णेल आशुतोष शर्मा, मेजर अनुजसहित पाँच जना सुरक्षाकर्मीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चरमपन्थीले चांगिमुलको एउटा घरका मानिसलाई कब्जामा लिएको सूचनाका आधारमा उनीहरुलाई रिहा गर्न पुगेको सुरक्षाकर्मीको टोलीमाथि आक्रमण भएकाे खबरमा उल्लेख छ ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले झडपमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना दिएका छन् । उनले चरमपन्थीले कब्जामा लिएका नागरिकलाई आफ्नो ज्यानको परवाह नगरी रिहा गरेकोमा सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया