काेराेना सङ्कट : गूगल, फेसबुक, एप्पल र अमेजनकाे व्यापार कसरी चम्कियाे ?

 वैशाख २१, २०७७ आइतबार १९:२९:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वकाे ठूलाे हिस्सा लकडाउनसँग जुधिरहेकाे छ । उपभाेक्ताले खर्च गरिरहेका छैनन् र कैयाैँ उद्याेग त बन्द हुने अवस्थामा पुगेका छन् । 

तर प्राविधिक क्षेत्रका केही ठूला कम्पनीहरुमा काेराेना महामारीकाे झिनाे असर मात्र परेकाे देखिन्छ ।

याे सङ्कट समाधान भएपछि यी प्राविधिक कम्पनीहरु झन् मजबुत भएर उभिने अनुमान गरिएकाे छ । 

पछिल्लाे केही दिनमा गूगलमाथि स्वामित्व राख्न कम्पनी अल्फाबेट एप्पल फेसबुक र अमेजनकाे नतिजा आएकाे छ । 

गाफा (गूगल एप्पल फेसबुक र अमेजन) ग्रुपबाट चर्चित यी कम्पनीहरु खतरनाक रुपमा शक्तिशाली भएकाे छ र यिनीहरु टुक्रिनुपर्ने जानकारहरु बताउँछन् । 

गूगल र फेसबुक

गूगल र फेसबुक दुवै पूर्णरुपमा विज्ञापनबाट हुने कमाइमा निर्भर छन् । 

विज्ञापन दिने कम्पनीले आफ्नाे मार्केटिङ बजेटमा कटाैती गरिरहेकाे अवस्थामा गूगल र फेसबुक जस्ता कम्पनीहरुले कष्टपूर्ण समय कटाइरहेकाे हामी साेच्छाैँ । 

गएकाे मार्चमा अल्फाबेट का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले विज्ञापनबाट हुने कमाइमा अचानका कमी आएकाे बताएका थिए । तर कम्पनीकाे शेयर मूल्यमा आएकाे उछालले कम्पनीकाे ब्यालेन्स शिटमा सुधार सुरु भएकाे बताइएकाे छ । 

फेसबुकले पनि काेराेना भाइरसकाे कारण विज्ञापन काराेबारमा केही असर पुगेकाे बताएकाे थियाे । तर पछिल्लाे तीन महिनामा पनि विज्ञापनबाट हुने कमाइ बढेकाे देखिएकाे छैन । 

अर्काेतर्फ अखबार र टीभी च्यानलकाे काराेबार पनि धराप बन्दै गइरहेकाे छ । 

एप्पल र अमेजन 

यसैबीच एप्पलकाे हार्डवेयर व्यापार अर्थात् उसकाे फाेन बिक्रीमा कमी आएकाे छ तर कम्पनीकाे सर्भिसबाट हुने व्यापारमा भने वृद्धि भएकाे छ । 

अनलाइन रिटेल व्यापारकाे ठूलाे खेलाडी अमेजनकाे काराेबार तीव्र गतिमा बढिहरकाे छ । यसकाे क्लाउड कम्प्युटिङ व्यापारमा पनि राम्राेसँग चलिरहेकाे छ । 
यद्यपि काेराेना भाइरससँग जुध्न कम्पनीकाे खर्च अवश्य बढिरहेकाे छ । 

यसकाे कारण जेफ बेजाेसले लगानीकर्तालाई चुप रहन चेतावनी दिनु परेकाे थियाे । उनकाे लागि मुनाफा मात्रै सबथाेक नभएकाे सङ्केत थियाे । तर पनि सफलताका लागि खर्च गर, खर्च गर र गरी राख काे नीतिले नै उनलाई विश्वकाे धनी व्यक्तिमध्ये एक बनायाे । 

काेराेना सङ्कटपछि जेफ बेजाेस र उनकाे कम्पनी अझ सशक्त बनेर उभिने सङ्केत पनि देखिएकाे छ । 

कडा नियम लागू गर्न माग

अर्काे ठूलाे प्राविधिक कम्पनी माइक्राेसफ्टका सत्या नडेलाले यही हप्ता आफ्नाे कम्पनीले दुई महिनामा दुई वर्ष बराबरकाे कायापलट गरेकाे बताएका थिए । 

फलस्वरुप कम्पनीकाे नतिजा पनि राम्रै आइरहेकाे छ । नडेलाका अनुसार क्रान्तिकारी विकासकाे याे प्रक्रिया अझ द्रूत गतिमा बढाउने हाे भने कम्पनी अझ प्रभावशाली हुनेछ । 

तर जसरी कम्पनी सफल हुँदै गएकाे छ, यसले कम्पनीलाई पहिलेकाे भन्दा शक्तिशाली बनाएकाे छ । 

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाका आर्थिक सल्लाहकार भइसकेका ज्यासन फरम्यान कम्पनीमाथि कडा नियम लागू गर्नुपर्ने मागकाे जाेडदार समर्थन गर्छन् । 

काेराेना सङ्कटका कारण यी कम्पनीमाथि दबाब कम हुने फरम्यानकाे आशङ्का छ । 

अमेरिकी शेयर बजार

फरम्यान भन्छन्, 'यदि अवस्था यही रहिरह्याे भने कम्पनीहरु आफूलाई सशक्त बनाउन मरिमेट्ने छन् । वा काेराेना सङ्कटका कारण उनीहरुमाथि लागू नियम केही खुकुलाे हुँदा याे हाम्राे लागि आर्थिक समस्याकाे कारण बन्नेछ ।'

यही हप्ता मात्रै अमेरिका र युराेपमा यस्तै केही डरलाग्दाे आर्थिक आँकडा सार्वजनिक गरिएकाे थियाे । अमेरिकी शेयर बजारमा सुधार देखिएकाे छ । गएकाे महिना पछिल्लाे ३० वर्षमा सबैभन्दा राम्राे देखिएकाे थियाे । 

र याे सबै प्राविधिक व्यापारसँग जाेडिएका कम्पनीका कारण भएकाे हाे । अमेजन र नेटफ्लिक्सकाे शेयरमा गएकाे मार्च १५ देखि ४० प्रतिशतकाे बढाेत्तरी भएकाे पाइएकाे छ । 

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे एजेण्डामा डाउ जाेन्स इण्डेक्समा निकै ध्यान दिइएकाे थियाे तर यी प्राविधिक कम्पनीकाे बढाेत्तरी हुन भनेकाे ट्रम्प प्रशासनले कुनै प्रकारकाे कारबाहीमा आफ्नाे इच्छाशक्ति गुमाएकाे प्रस्ट हुन्छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया